चार सिमेन्ट उद्योगलाई कारवाही

admin

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरूप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए। विभागले विशाल सिमेन्टबाट संकलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टबाट संकलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टबाट संकलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टबाट संकलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरूप नभएकाले कारवाही गरिएको हो।

प्रतिक्रिया