फेरी गर्यो शक्तिशाली भूकम्प

admin

क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो । भूकम्पका कारण भवनहरु हल्लिएका थिए ।

तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन । अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए । सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो ।

प्रतिक्रिया