१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

admin

पर्सा : १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका-५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया