काठमाडौं, ९ फागुन : शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्म कै महङ्गो मूल्य हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।
कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र मूल्य अझै बढ्ने संकेत देखिएको महासंघको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन्।
माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा मूल्य बढेसँगै माग घट्दै गएको छ । अहिले दैनिक १०/१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।