बाँझोपन भएकी महिलाले जन्माइन स्वस्थ शिशु

admin

काठमाडौं, ९ फागुन : बाँझोपना भएकी एक महिलाले स्वस्थ शिशु जन्माएकी छिन् । स्तन क्यान्सर भएपछि किमोथेरापीबाट उपचार गराइरहेकी फ्रान्सकी ती महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी सीएनएनले जनाएको छ ।

बाँझोपना भएपछि शिशु जन्मिएको यो विश्वमै पहिलो घटना भएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । उनीहरुले यसलाई प्रजनन विज्ञानमा ‘ब्रेक थ्रु’ भएको बताएका छन् ।

२९ वर्षको उमेरमा स्तन क्यान्सर भएपछि किमोथेरापीमार्फत उपचार गराएकी ती महिलाले ३४ वर्षको उमेरमा स्वस्थ शिशु जन्माएकी खबरमा उल्लेख छ ।

किमो थेरापी गर्न थालेपछि क्यान्सर निको भए पनि उनमा बाँझोपना भएको र वर्षौसम्म सन्तान नजन्मिएको खबरमा उल्लेख छ ।

डाक्टरले उनको डिम्बाशयबाट निकालिएको अण्डालाई प्रयोगशालामा विकसित गरेर सुईमार्फत प्रारम्भिक चरण्को भ्रुण गर्भासयमा पठाएपछि उनी गर्भवती भएकी थिइन् ।

सन् २०१८ मा अमेरिका र बेलायतले पनि अण्डाशयबाट निकालिएको अण्डा प्रयोगशालामा राखेका थिए तर ती अण्डामा समस्या देखिएको थियो । अहिलेको यो अध्ययन सफल भएको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया