बाँदर धपाउन ४० लाख रुपैयाँ

admin

हेटौंडा, फागुन १२: बाँदर व्यवस्थापन गर्न वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँदरबा पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उक्त रकम अनुदानको रुपमा उलपब्ध गराउने लागेको समाचार कान्तिपुर दैनिकमा छ।

लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–५ धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागको निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी बब्लु ठाकुरले बताए। यस्तै, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–१ ओखरेनी मूलखर्कका बासिनदा पनि बाँदरबाट पीडित छन्।

बाँदर व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग २० लाख रुपैयाँ मागेका थिए। तर उनीहरुले बाँदर व्यवस्थापन गर्न १० लाख रुपैयाँ अनुदान पाएका छन्। यस्तै, दक्षिणकाली–७ र शंकरापुर नगरपालिका–४ मा पनि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया