सुनको मूल्य : तोलामा ८० हजार नाघ्यो

admin

काठमाडौं, १२ फागुन : सुनको मूल्य तोलाको ८० हजार नाघेको छ ।

सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी सोमबार ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्य आकासिएको महासंघअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन्।

 

प्रतिक्रिया