अमेरिकी राष्ट्रपति ‘डोनाल्ड ट्रम्प’ भारतमा २२ किलोमिटरसम्म सुरक्षाकर्मी

admin

काठमाठौं, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आएका छन् ।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका थिए ।

राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए । मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनमा लाखौँ व्यक्तिको सहभागी थियो।

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी छन्। राष्ट्रपति बनेपछि पहिलो पटक भारत भ्रमणमा आएका राष्ट्रपति ट्रम्पको सुरक्षामा भारत सरकारले कुनै कसर बाँकी राखेको छैन । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् ।

पूरै अहमदाबाद शहर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलाठूला ‘कटआउट’ र होर्डिङ्ग बोर्डले भरिएका छन् । ट्रम्प र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको तस्बिर पनि होर्डिङ्ग बोर्डमा लगाइएका छन् । नमस्ते ट्रम्प कार्यक्रमलाई भारत र अमेरिकाको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

अहमदाबाद एअरपोर्टदेखि मोटेरा स्टेडियमसम्मको २२ किलोमिटरको बाटोमा ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यो पूरै रुटमा रङ्गरोगन गरिएको छ, विभिन्न फूल र बत्तीले सजाइएका छन् । अहमदाबाद शहर कुनै सैनिक अड्डा जस्तै देखिएको छ । जहाँ बर्दीमा सुरक्षाकर्मी यत्रतत्र देखिन्छन् ।

सडकमा पनि ठूलो सङ्ख्यामा सुरक्षाबलको गाडी दौडिरहेको देख्न सकिन्छ । वरिष्ठ अधिकारी पनि सैनिक जवानसँगै खटिएका छन् । एअरपोर्टदेखि स्टेडियमसम्मको दुरीको रुटमा प्रहरीको गाडीको साइरन सुन्न सकिन्छ । प्रहरीले साना साना कुरामा पनि ध्यान दिइरहेको छ ।

कालो लुगा लगाउने र दर्शक दीर्घाबाट कसैले केही कुरा फ्याँक्छ कि भनेर प्रहरी चनाखो बनेको छ । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् ।

दुई देशका प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया