काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई ३१ हजार घुस लिएको आरोप

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशको स्थानीय तह बराहताल गाउँपालिका वडा नं. ९ सुर्खेतका वडा अध्यक्ष झक्कड बहादुर पुलामीले ३१ हजार घुस लिएका छन् । लेकगाउँ स्वास्थ्य चौकीमा एम्बुलेन्स चालक नियुक्ति गर्दा वडा अध्यक्ष पुलामीले ३१ हजार घुस लिएको रहस्य बाहिर आएको छ ।

बराहताल गाउँपालिका वडा नं. ९ का नविन पुलामीलाई एम्बुलेन्स चालक नियुक्ति गर्दा वडा अध्यक्ष ३१ हजार घुस लिएको तथ्य सार्वजनिक भएको छ । तिमिसङ स्मार्ट लाइसेन्स छैन ? मैले माथि सम्म सबैलाई मिलाउँनुपर्छ’ चित्त बुझाउनु पर्छ भन्दै वडा अध्यक्षले ३१ हजार घुस लिएको जानकारी प्राप्त भएको छ ।

एम्बुलेन्स चालक नियुक्ति गर्दा घुस लिएको रकमको बारेमा सार्वजनिक भए एम्बुलेन्स चालक पुलामीलाई जागीर बाट चैट गर्ने वडा अध्यक्षले धम्की सम्म दिएको जानकारी आएको छ। यस विषयमा कुरा अगाडी बढे जागिर जाने भन्दै वडा अध्यक्षले धम्क्याउने गरेको जनाइएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट लेकगाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिद गरेको थियो । वडा न ९ का वडा अध्यक्ष स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट निर्वाचित भएका थिए। हामीले यस बिषयमा थप बुझ्न खोज्दा वडा अध्यक्ष पुलामीसंग टेलिफोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया