कर्णाली नदिमा जिप खस्यो, सवारि चालक बेपत्ता

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली राजमार्ग अन्तर्गत कर्णाली नदिमा जिप खस्दा सवारीचालक वेपता भएका छन। कालिकोटको नरहरी गाउँपालिका १ जिते बजारको पुल नजिकै मंगलबार बिहान दुर्घटना हुँदा जिप कर्णाली नदिमा खसेको थियो ।

जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जितेगडा झरेको लु १ ज ४१४१ नम्बरको जिप रास्कोटतर्फ फिर्ता हुनका लागि ब्याग गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यलयका प्रवक्ता डिएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिप चालक दैलेख गुराँस गाउँपालिकाका वडा न:४ का चक्र बहादुर खड्का बेपत्ता भएका हुन।कर्णाली करिडोरको जिरो पोईन्टबाट यात्रु झारेर मोड्ने क्रममा दुर्घटना भएको थियो ।

नदिमा खसेको जिप बाहिर ल्याएपनि चालक भने बेपत्ता रहेका कालिकोटको प्रमुख डिएसपी श्याम बाबु ओलियाले जानकारी दिनुभयो।चालकको खोजिकार्य भैरहेको प्रहरीको भनाइ रहेकोे छ।

प्रतिक्रिया