फागुन १५ गते सार्वजनिक विदा

admin

दमौली, १४ फागुन : तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णयानुसार सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिईन् ।

सार्वजनिक विदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

विसं २०६८ को जनसंख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।

कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसंख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ ।

प्रतिक्रिया