रोनाल्डोका छोराको इन्स्टाग्राममा, २४ घण्टा मै १० लाख भन्दा बढि फलोअर्स

admin

काठमाडौं, १४ फागुन : पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् ।

रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका बुबाको जस्तै कौशल देखाउन सिपालु भइसकेका छन् । उनी केही समयदेखि मात्र सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।

यो समाचार तयार पार्दासम्म उनका ९ लाख ७९ हजार फलोअर्स भइसकेका छन् । इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख भन्दा बढिले फलो गरेका छन् ।

प्रतिक्रिया