कोरोना भाइरस : भारतद्वारा नेपालीको उद्धार

admin

काठमाडौं, १५ फागुन : कोरोना भाइरसका कारण जापानको समुद्री तटमा रहेको क्रुज शिपबाट भारतले १ सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ ।

एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको थियो ।

उद्धार गरेर ल्याइएका मध्ये १६ जना भारतीय नागरिक भाइरसको चपेटामा परेका छन् । उनीहरु सबैलाई १४ दिनसम्म हरियाणाको भारतीय सेनाको मानेसरमा रहेको संगरोध सुविधा केन्द्र पठाइएको छ ।

वुहानबाट फर्किनेहरुमा बङ्गलादेश, म्यानमार, मालदिभ्स, दक्षिण अफ्रिका अमेरिका र मदागास्करका नागरिक पनि थिए ।

प्रतिक्रिया