चार सहकर्मीको हत्या गरि, सिपाही आफूले पनि गरे आत्महत्या

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ फागुन : नाइजेरियाली सेनाका एक जना सिपाहीले आफ्नै चार जना सहकर्मीको हत्या गरी बुधबार आफूले पनि आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए। उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताएका छन्।

प्रतिक्रिया