थामिएनन् विद्याका आँशु

राष्ट्रिय समाचार समिति

पोखरा, १५ फागुन: प्रतिष्ठानद्वारा पोखरा सभागृह हलमा आयोजित प्रथम स्मृति दिवसमा रवीन्द्र पत्नी विद्या भट्टराईका आँशु थामिएन । शोकलाई शक्तिमा बदल्दै उप निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बन्नुभएका भट्टराई स्मृति दिवसको कार्यक्रम शुरु हुँदादेखि नै भावुक देखिनुहुन्थ्यो ।

अधिकारीको विद्यार्थीकालदेखि राजनीतिका विभिन्न कालखण्ड र घटनाक्रमसँग जोडिएका भिडियो जब हलमा राखिएका स्क्रिनमा देखाइए तब विद्यालगायत सबैलाई भाव शून्य बनाइदियो । विद्या एकटकले भिडियो हेरिरहनुभएको थियो, अनवरत उहाँका आँशु बगिरहेका थिए ।

उहाँसँग रहनुभएका राजनीति सहयोद्धा संस्कृतिमन्त्री भट्टराई पनि निकै भावुक भएर रवीन्द्रलाई हेरिरहनुभएको थियो । रवीन्द्रका राजनीतिक उपलब्धिलाई समेटिएको भिडियोमा उहाँले नेतृत्व गरेका विद्यार्थी सहुलियतदेखि संसद्मा बोलेका महत्वपूर्ण प्रस्ताव, उच्चस्तरीय भेटघाट लगायतका महत्वपूर्ण कुरालाई उतारिएको थियो । दुर्घटना हुनुपूर्व ताप्लेजुङमा गरेको अन्तिम सम्बोधन हेर्दा दर्शक दीर्घाबाट सुक्क सुक्क आवाज आएको थियो ।

बालबालिकादेखि युवा, वयस्क र ज्येष्ठ नागरिकसम्मको मनमा बस्न सफल अधिकारीको अन्तिम दाह संस्कारको तस्बीर र भिडियोले पत्नी विद्या हलका सबै दर्शक भावुक बनेका थिए । कास्की रवीन्द्र अधिकारीको जन्मथलो मात्र नभई उहाँलाई राजनीतिको उचाइमा पु¥याउने जिल्ला पनि हो । कस्केली जनताले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित गराएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं। २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

तसर्थ पनि सो स्मृति सभामा पार्टीका नेता कार्यकर्ता मात्र थिएनन् फरक विचार र आस्था भएका व्यक्ति समेतको उल्लेख्य सहभागिता थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जिम्मेवारी सम्हालेका अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया