मुख्यमन्त्री राई आफ्नो श्रीमान भएको दाबी गर्दै बालिकाद्वारा अदालतमा अंश मुद्दा दायर

admin

काठमाडौं : सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरु एकपछि अर्को गर्दै महिला काण्डमा मुछिन थालेका छन् । प्रदेश नम्बर-१ का मुख्यमन्त्री तथा नेकपाका नेता शेरधन राई आफ्नो श्रीमान भएको दावी गर्दै एक महिलाले मुद्दा दायर गरेपछि हलचल मच्चिएको छ ।

शुक्रबार बालिका खड्का नाम गरेकी महिलाले राई विरुद्ध जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।दोलखा घर भएकी खड्काले राई आफ्नो श्रीमान भएको बताउँदै विवाहपछि घरेलु हिंसा गरेको समेत उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम अंशवण्डाको माग गरेकी छन् ।

यसअघि राईले आफूलाई पटकपटक दुव्र्यवहार गरेको भन्दै विभिन्न सञ्चारमाध्याम र पार्टीको मुख्यालयसम्म उनी पुगेकी थिइन् । बालिका खड्काले आफ्नो श्रीमान दावी गरेसँगै मुख्यमन्त्री राईको घर परिवारमा भने हंगामा भएको छ ।

प्रतिक्रिया