सुर्खेतको भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

admin
  • खगेन्द्र हमाल

सुर्खेत: अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ ।अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई प*क्राउ गरेको थियो ।

फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई २ लाख घु*स रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प*क्राउ गरेको थियो ।पक्राउ गरेपछि केसिको साथमा भएको मोबाइलको कल रेकर्ड हेर्दा भेरीगँगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल छानबिनको दायरामा आएका हुन्।

अख्तियार स्रोतका अनुसार अहिले उनी अख्तियार दुरुपयोग अनुसन्धानको हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। स्रोतले भन्यो यो मुद्दाको छानबिनको क्रममा रहेकाले अहिले नै सबै कुराको डिटेल भन्न नसकिने अख्तियार स्रोतले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित प*क्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाका अनुसार प्राविधिक चित्र बहादुर केसीले नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग खुल्लेआम घुस मागेका थिए ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरेको थियो । केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट प*क्राउ गरिएको थियो ।

प्रतिक्रिया