काभ्रे गोल्ड कप चैत १३ गतेदेखि

admin

धुलिखेल, १७ फागुनः काभ्रे गोल्ड कपको दोस्रो संस्करण आगामी चैत १३ गतेदेखि हुने भएको छ । प्रतियोगिता २२ गतेसम्म धुलिखेल रंगशालामा चल्नेछ ।प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लब र छिमेकी जिल्ला फुटबल संघका १० वटा टिम सहभागि हुने काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष पुरस्कार राशी गत वर्षको भन्दा बढाइएको छ । यो वर्षको विजेताले ६ लाख नगद, ट्रफि र मेडल पाउने काभ्रे गोल्ड कप दोस्रो संस्करणका मुख्य संयोजक अमित खोजु श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उपविजेताले ३ लाख नगद, ट्रफि र मेडल पाउने छ । अघिल्लो वर्षको विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाएका थिए । यो वर्ष म्यान अफ द म्याचको राशी पनि १० हजार पुर्याइएको छ । गत वर्ष ५ हजार मात्रै थियो ।

प्रतिक्रिया