अर्घाखाँची समाज जापानद्वारा क्यान्सर पिडितलाई १ लाख ७० हजार हस्तान्तरण

admin

काठमाडौं, १८ फागुन : अर्घाखाँची समाज जापानद्वारा क्यान्सर पिडितलाई रु एकलाख सत्तेरी हजार रकम सहयोग गरिएको छ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ९ गोखुंङ्गाकी ब्लड क्यान्सर पिडित मिना पन्थी बचाउका लागि संकलित रकम रु एकलाख सत्तेरी हजार मिना पन्थी उपाचार्थ हस्पिटल काठमाडौंको बानेश्वरमा रहेको सिभिल हस्पिटलमा पुगेर हस्तान्तरण गरिएको हो।

उक्त रकम हस्तान्तरणमा अर्घाखाँची समाज जापानका सल्लाहकार दिपक थापा, कान्छा अभियान्ता केपि खनाल, समाजिक अभियान्ता तथा युवा समाजसेवी सचिन पाण्डे, अर्जुन पोखेरेलको उपस्थितमा हस्तान्तरण गरिएको थियो।

१८ वर्षिय मिना चार महिना देखि उपचारमा छिन् । अभियान्ता पाण्डेले सबै सहयोगी, स्वच्छ मनले ती पिडितलाई आफू सक्दो सहयोग गरिदिन तमाम पिडितका साथमा सधैं आफू रहेको र पिडितका कहानी उठान गरी ओझेलमा परेका पिडितलाई सक्दो सहयोग जुटाई बचाउने बताएका छन्।

अर्घाखाँची समाज जापानका सल्लाहकार थापाले पिडितलाई अर्घाखाँची समाज जापान निरन्तर तपाईंको बचाउमा साथदिने बताए ।

प्रतिक्रिया