नेकपा नगर सचिब शाहीद्वारा पन्चपुरी नगर प्रमुखलाई ध्यानाकर्षण

admin
  • खगेन्द्र हमाल

सुर्खेत : पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले आफु निकटका मान्छेहरु सिफारिसमा नपरेकोमा आपत्ती जनाउदै राष्टसेवक कर्मचारीहरुको मानमर्दन र मनोवल गिराउनुका साथै पञ्चपुरी नगरपालिकालाई आफ्ना आसेपासेहरुको भर्तिकेन्द्र बनाउने कुत्सित मनसायको पराकाष्ठा स्वरुप कर्मचारीलाई नगरपालिका नै छाड्न चेतावनी दिएको बिषयले पञ्चपुरीवासी न्यायप्रेमि जनसमुदायहरुलाई लज्जित तुल्याएको नेकपा पन्चपुरी नगरकमिटी सचीव केशव शाहीले एक बिज्ञपति मार्फत नगर प्रमुखलाई ध्यानाकर्षण गराएका छन ।

सचिव शाहिका अनुसार भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रशासन सहकारी तथा गरिबी निवारण महाशाखाको मिति२०७६/०८/२५ को पत्र बमोजिम पञ्चपुरी नगरपालिकाबाट मिति २०७६/१०/०९ मा प्रकाशित गरिएको थियो ।

उक्त प्रकाशित गरिएको सुपरिवेक्षक/गणकको पदपूर्ति सम्वन्धी सुचना अनुसार यस नगरपालिकाको मिति २०७६/११/१४ को (short list) मा पर्न सफल उम्मेदवारहरुको मिति २०७६/११/१६ मा संचालन भएको कम्प्युटर सीप परिक्षण र अन्तर्वार्ता समेतको प्राप्ताङकको आधारमा पञ्चपुरी नगरपालिकाका कार्यकारी अधिकृत श्री हरी प्रसाद देवकोटा-संयोजक ,मोहन बहादुर वुढा र चुडामणी कँडेल सदस्य रहेको ३ सदस्यीय छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि मिति २०७६/११/१७ गते १ जना सुपरिवेक्षकमा श्री उत्तम घर्ती मगर र ६ जना गणकमा श्री पदमराज देवकोटा, श्री अशोक पौड्याल ,श्री हरिमाया सापकोटा ,श्री देवि भण्डारी ,श्री यशोदा सुवेदी र श्री तारा कुमारी भण्डारीलाई सिफारिस गरेको जानकारी दिए।

छनोटका निर्धारित विधि र अधिनमा रहि ,निष्पक्ष र पारदर्शीरुपमा आफ्नो कर्तव्यलाई पूरा गरिरहेका, हाम्रो पञ्चपुरी राम्रो पञ्चपुरी बनाउने अभियानका मुख्य सारथि राष्ट्रसेवक कर्मचारीहरु माथि यस हदको आग्रह र पुर्वाग्रह नगर प्रमुखको आफ्नो जिम्मेवारीवोध र दृष्टिकोणको गरिबी बाहेक अरु केही हुनै नभएको बताए ।

नेता शाहीले भने नगरपालिका सम्पूर्ण पञ्चपुरीबासी जनसमुदायहरुको साझा सम्पत्ति हो,र कसैले पनि यसलाई राजनीतिक आडमा आफ्नो वृता ठानेको छ भने यो उसको भ्रम बाहेक केही हुन नसक्ने बताए ।

राजनीतिक नेतृत्वले जनताको अभिभावक भएर दलगत र पारिवारिक स्वार्थबाट माथि उठि आफ्नो जिम्मेवारी प्रति जिम्मेवार बनेर स्वतन्त्र न्यायीक र निष्पक्ष रूपमा काम गर्नुपर्छ। पञ्चपुरीबासी सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुको सच्चा अभिभावक बनी ईतिहाँसमा सफल नगर प्रमुखको रुपमा आफ्नो नाम दर्ज गर्ने सुनौलो अवसरबाट नचुक्न र विधि,प्रक्रियाको दायरामा राष्टसेवक कर्मचारीहरुलाई स्वतन्त्र र उच्चमनोवलका साथ काम गर्ने अनुकुल वातावरण बनाउनका लागि पञ्चपुरी नगरपालिकाका आदरणिय नगर प्रमुख लाई नेता शाहिले ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया