‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकलाई प्रेस सल्लाहकारले हाने लात्ती

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ । जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लातले हानेका हुन् । तिरुवा पूर्व माओवादी कार्यकर्ता भएको बताइएपनि उनले प्रहरीमा यसबारे केही बताएका छैनन् ।

उनी अहिलेसम्म केही नबोलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनका बुबा मोहन तिरुवा जनयुद्धमा मारिएका थिए। रतन हाल काठमाडौँमा बसेर अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया