कोरोना भाइरस : अमेरिकामा फेरी अर्का व्यक्तिको ज्यान गयो

admin

एजेन्सी, १९ फागुन : कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट अमेरिकामा दोस्रो व्यक्तिको ज्यान गएको छ ।

आइतबार बिहान एक जनाको ज्यान गए थियो भने सोमबार बिहान अर्को व्यक्तिको पनि ज्यान गएको न्यूयोर्क टाईम्सले जनाएको छ ।

वासिंगटनको किङ्ग काउन्टीमा एक अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको खबरमा उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । संक्रमण सुरु भएको चीनमा २ हजार ९१२ जना र चीनबाहिर १४१ जनाको ज्यान गएको हो ।

चीनबाहिर ईरानमा ५४, ईटालीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको बीबीसीले जनाएको छ ।

चीनबाहिर दक्षिण कोरियाको अवस्था पनि खराब हुन थालेको छ भने ईटाली, ईरान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण उच्च गतिमा फैलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । कतार लगायत खाँडीका देशमा समेत कोरोना संङ्क्रमित भेटिएका छन् ।

कोरोनाबाट सङ्क्रमित हुनेहरुमध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ । अहिलेसम्म सङक्रमित भएकामध्ये ४५ हजार १४४ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको सङ्क्रमितको मृत्युदर २ देखि ५ प्रतिशतकोबीचमा रहेको जनाएको छ । तर ०.१ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लूको कारण बर्सेनि ४ लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया