सफल भयो प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण

admin

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । प्रधानमन्त्री ओलीलाई अप्रेशन वार्डबाट सघन उपचार कक्ष अर्थात् आईसीयूमा सारिएको छ ।

उनको मिर्गौला प्रत्यारोपण सफल भएपछि अप्रेशन वार्डबाट सघन उपचार कक्षमा सारिएको शिक्षण अस्पताल अन्तर्गको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान सेन्टरले जनाएको छ ।

मृर्गौला प्रत्यारोपण गरेपछि ओलीले झण्डै आधा लिटर पिसाब फेरेको पनि अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको होस आइसकेको छ ।

प्रधानमन्त्री ओलीको सफल मृर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया