प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा स्थिर

admin

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

 

बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दन गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया