आँधीमा परी २४ जनाको ज्यान गयो

राष्ट्रिय समाचार समिति

काठमाडौं, २१ फागुन : अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पुर्‍याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‍याएको क्षतिबारे भने, “आँधीका कारण ‘यसपटक २४ व्यक्तिको ज्यान गयो’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ ।

प्रतिक्रिया