सुनको मूल्य : आज फेरी तोलामा दुई सय बढ्यो

admin

काठमाडौं, २२ फागुन : बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको मूल्य बढेको महासङ्घ अन्तरर्गत मूल्य निर्धारण समितिले जनाएको छ ।

चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया