प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

admin

काठमाडौं, २२ फागुन : मृर्गौला प्रत्यारोपणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरिएको थियो ।

हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ ।  उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

प्रधानमन्त्री ओली मृर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको बुधबार सफल मृर्गौला प्रत्यारोपण भएको हो ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृर्गौला दान गरेकी थिईन् । चार घण्टा ४५ मिनेटको शल्यक्रियाबाट ओलीमा मृर्गौला प्रत्यारोपण भएको हो ।

ओलीले प्रत्यारोपण सकिएयता बिहीबार बिहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब गरेको त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम खड्गाले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ज्यूले पिसाब गर्नु भएको छ, यसको अर्थ नयाँ मिर्गौलाले काम गर्न थालेको छ ।’

प्रतिक्रिया