किन पक्राउ परे ब्राजिलका फुटबलर रोनाल्डिन्हो ?

admin

काठमाडौं, २२ फागुन : ब्राजिलका चर्चित फुटबलर ३९ वर्षीय रोनाल्डिन्हो पक्राउ परेका छन् ।

पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको छ । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ परेका थिए ।

रोनाडिन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए ।

सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए । सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।

प्रतिक्रिया