टेकु अस्पतालबाट एक नेपाली ‘फरार’

admin

काठमाडौं, २२ फागुन : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट कोरोना भाइरसको आशंका गरिएका एक नेपाली फरार भएका छन् ।

उनी गएराति अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको बोगटीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए-नभएको पुष्टि भएको छैन ।

प्रतिक्रिया