लगातार चार दिन सार्वजनिक विदा

admin

काठमाडौं, २३ फागुन : कोरोना भाइरसको स’ङ्क्रमण रोकथाम सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज विदा गर्नुपर्ने आवाज उठिरहेको छ। संयोग बस २४, २५, २६ र २७ गते सार्वजनिक विदा परेको छ। २४ गते शनिबार भएकोले विदा नै छ ।

त्यस्तै, २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको र २६ गते पहाडमा होली परेको त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन विदा सार्वजनिक विदा पर्न पुगेको छ ।

प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ। यता सरकारले कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परीक्षा सकाउन निर्देशन दिएसँगै विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखिनै सुरुगर्ने भएका छन् ।

मन्त्रालयले विद्यालय शिक्षण संस्थाले स’ङ्क्र’मण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन स’ङ्क्र’मणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, स’ङ्क्र’मणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो ।

प्रतिक्रिया