विद्यार्थीलाई हात चि*र्न लगाउने शिक्षिका कर्माचार्य प*क्राउ

admin

काठमाडौं :  कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प*क्राउ गरिएको छ । काठमाडौंको जडीबुटीमा रहको जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिवार उनकै घरबाट प*क्राउ गरी महानगरीय प्रहरी वित्त बानेशवरमा राखिएको काठमाडौं प्र*हरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दए ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई उनले लाइन लगाएर हात चि*र्न लगाएकी थिइन । शिक्षिका कर्मार्चायले बिद्यार्थीलाई यातना दिएको पाइएपछि प*क्राउ गरी अनुसंन्धान भइरहेको एसएसपी सुवेदीले बताए ।

शिक्षिका कर्माचार्यले परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइ सिसाकलम तिखार्ने ब्ले*डले आफ्नो हातमा आफैं चिर्न लगाएकी थिइन । डरले विद्यार्थीहरुले आ(आफ्नो हात ब्ले*डले चिरेका थिए । जुन फोटोहरु अहिले सामाजिक संजालहरुमा भाइरल भएका छन् । कर्मचार्य विगत १० वर्षदेखि सो विद्यालयमा अध्यायपन गराउँदै आएकी थिइन ।

प्रतिक्रिया