क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गयो

admin

एजेन्सी, २५ फागुन : चीनमा कोरोना भाइरस कोभिड-१९ को परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ ।

होटल भत्किँदा अन्य २८ जना सम्पर्कविहिन भएका छन् । ३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

 फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो । भवन भत्कनुको कारण खुलेको छैन ।

यो होटलमा कोरोना स’ङ्’क्र’मितसँगको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राख्ने गरिएको थियो । अहिले पनि हराइरहेकाहरुको खोजी तथा उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।

 ग्वान्झावोमा अहिलेसम्म ४७ जनामा कोरोनाको पुष्टि भएको छ । ८० कोठाको होटल सन् २०१८ मा खोलिएको हो ।

फुजियान प्रान्तमा दुई सय ९६ जनालाई कोरोना भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १० हजार ८ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

चीनमा अहिलेसम्म ८० हजार ६ सय ९६ जना स’ङ्’क्र’मित भएकामा ५७ हजार एक सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । २० हजार ४ सय ९३ अहिले पनि उपचाररत छन् भने ३ हजार ९७ जनाको ज्यान गएको छ ।

अरु देशमा कोरोना भाइरस फैलिएपछि चीनमा कोरोनाका कारण ज्यान गुमाउनेसँगै स’ङ्’क्र’मित हुनेको सङख्या घट्दै गएको छ । गएको २४ घण्टामा चीनमा ४५ जना नयाँ बिरामी भेटिएका छन् भने २७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया