रु अढाइ करोड ठगी गर्ने प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ फागुन: नेपाल प्र*हरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठ*गी गर्ने एक व्यक्तिलाई प*क्राउ गरेको छ । महानगरीय प्र*हरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठ*गी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट प*क्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्र*हरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठ*गी गर्ने श्रेष्ठलाई प*क्राउ गरिएको जानकारी दिनुभयो । “प*क्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भन्नुभयो । श्रेष्ठले माल्टा जानेसँग छ÷छ लाख तथा कुवेत जानेसँग तीन-तीन लाख उठाइसकेको प्र*हरीले जनाएको छ ।

माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्र*हरीले प*क्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया