अज्ञात व्यक्तिद्वारा गो*ली चलाउँदा छको मृ*त्यु, सात घाइते

राष्ट्रिय समाचार समिति

केप टाउन, दक्षिण अफ्रिका, २५ फागुन: दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गो*ली चलाउँदा कम्तीमा छ जनाको मृ*त्यु भएको प्र*हरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृ*त्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।


“खाउलित्सा नगरमा गो*ली चल्दा छ जनाको मृ*त्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्र*हरी प्रवक्ता नोभेला पोटेल्वाले बताउनुभयो । गो*ली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उहाँले बताउनुभयो । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक छ वर्षकी बालिका रहेकी छन् ।

घटनापछि प्र*हरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया