पूर्वमन्त्री बास्कोटाको घरमा ब*म वि*स्फोट गर्ने एक जना प*क्राउ, चार घरमा क्षति

राष्ट्रिय समाचार समिति

भक्तपुर, २८ फागुन :पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको ब*म वि*स्फोट घटनामा संलग्न रहेको अभियोगमा प्र*हरीले एक जनालाई प*क्राउ गरेको छ ।

प्र*हरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई प*क्राउ गरेको महानगरीय प्र*हरी परिसर भक्तपुरका प्र*हरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

प*क्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उहाँले जानकारी दिनुभयो । प्र*हरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट प*क्राउ गरेको हो । प्र*हरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।

घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको जानकारी दिँदै प्र*हरी उपरीक्षक प्रधानले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयोे । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर ब*म राखिएको र रिमोट कन्ट्रोलबाट ब*म वि*स्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ । प्र*हरी उपरीक्षक प्रधानले भन्नुभयो, “अनुसन्धानका क्रममा घरको पर्खालभित्र प्रेसरकुकर ब*म राखेर रिमोट कन्ट्रोलमार्फत वि*स्फोट गराइएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौँ ।”

बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्र*हरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्र*हरी तैनाथ गरिएको भए पनि आज बिहान प्र*हरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट ब*म छाडेर विस्फोट गराएको पाइएको उहाँको भनाइ छ ।

प्र*हरी उपरीक्षक प्रधानले विस्फोटको घटनाले प्र*हरी अझै चनाखो भएको र सुरक्षालाई अझै सुदृढ गरिने जानकारी दिनुभयो । ब*म वि*स्फोटबाट पूर्वमन्त्री बाँस्कोटा, स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमा समेत क्षति पुगेको छ । उनीहरुको घरको सिसा फुटेको, घरको झ्याल, खापामा क्षति पुगेको छ भने घरको प्लास्टर चर्किएको छ । टिभीसमेत फुटेको छ । वि*स्फोटले घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान क्षतिग्रस्त भएको छ ।

घर क्षति भएका घिमिरेले विस्फोट हुँदा भूकम्प आएजस्तै कम्पन भएको र ठूलो आवाज आएको बताउनुभयो । सिसा फुटेको र घर चर्किएको उहाँले बताउनुभयो । बि*स्फोटका समयमा बाँस्कोटा उक्त घरमा हुनुहुन्थेन । उहाँ सञ्चारमन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया