चप्पल उद्योगमा आ*गलागी : एकको श*व फेला, एक घाइते

राष्ट्रिय समाचार समिति

राँझा, २८ फागुन : आगलागीबाट ध्वस्त भएको बाँकेको जानकी गाउँपालिका–३ खजुरारोडस्थित चप्पल उद्योगमा एकजनाको श*व फेला परेको छ । मङ्गलवार राति करीब १२ बजेदेखि चप्पल उद्योग जय सियाराम मेनुफ्याक्चरिङ इन्डष्ट्रिज प्रालिमा लागेको आ*गो आज बिहान नियन्त्रणमा लिएर खोजतलास गर्दा जलेको अवस्थामा एकजनाको श*व फेला परेको जिल्ला प्र*हरी कार्यालय बाँकेका प्रवक्ता प्र*हरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार श*वको सनाखत हुन सकेको छैन । उद्योगमा कार्यरत कर्मचारी र आ*गलागीका कारणबारे प्र*हरीले सोधीखोजी गरिरहेको छ । आ*गलागीमा परी उद्योगमा कार्यरत कर्मचारी दिलीपकुमार चमार घाइते हुनुभएको छ । हातखुट्टा पोलिएर घाइते अवस्थामा भेटिएका चमारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आ*गलागीबाट उद्योगको कच्चापदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छवटा दमकल, नेपाल प्र*हरी, सशस्त्र प्र*हरी बल, नेपाली सेनाको निरन्तरको प्रयासले आठ घण्टापछि मात्रै आ*गो नियन्त्रणमा आएको प्र*हरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

अमरजीत सिंहले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस, पोछालगायत सामग्री उत्पादन हुँदै आएको थियो । आ*गलागीबाट करीब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिए पनि होली पर्वमा कामदार बिदामा रहेका कारण क्षतिको यकिन विवरण आउन नसकेको प्र*हरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया