प्रहरीले रोक्यो बालविवाह, दुलाहासहित तीन जना प*क्राउ

राष्ट्रिय समाचार समिति

नारायणपुर, २८ फागुन : जिल्ला प्र*हरी कार्यालय दाङले बालविवाह गराइरहेका तीन जनालाई प*क्राउ गरेको छ । घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँमा भइरहेको रोक्न गएको प्र*हरीले दुलाहासहित तीन जनालाई प*क्राउ गरेको हो ।



प*क्राउपर्नेमा दुलाहा घोराही उपमहानगरपालिका– १३ सेवारका ३० वर्षीय कृष्णबहादुर केसी, घोराही– १४ ढोडेनी बस्ने दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारी र १८ वर्षीया दुलही रहेका छन् । उक्त गाउँमा बालविवाह भइरहेको सूचना पाएको प्र*हरीले आज प*क्राउ गरेको हो ।

प*क्राउ परेकामथि मुलुकी अ*पराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ११ को दफा १७३ बालविवाह गर्न नहुने कसुरमा मु*द्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्र*हरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्र*हरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार दुलहीलाई आमाको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया