बूढीगङ्गा नगरपालिकामा आ*गलागी

राष्ट्रिय समाचार समिति

मार्तडी, २९ फागुन : बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आ*गलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज विहान भएको आ*गोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान ज*लेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिनुभयो ।

आ*गलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्र*हरी कार्यालय बाजुराका प्रमुख प्र*हरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुुभयो ।

प्रतिक्रिया