सुनको मूल्य : तोलामा ८ सय रुपैयाँले घट्यो

admin

काठमाडौं, २९ फागुन : बिहीबार सुनको मूल्य  तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको असर परेकाले सुनको मूल्य  बढ्ने र घट्नेबारे यसै भन्न सकिने अवस्था नरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया