ह*त्या गरेर फरार भएका बाबु–छोरा प*क्राउ

राष्ट्रिय समाचार समिति

सप्तरी, २९ फागुन: चौध वर्षअघि ह*त्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा आज प*क्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गो*ली हानी ह*त्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई प*क्राउ गरिएको इलाका प्र*हरी कार्यालय कञ्चनरुपका प्र*हरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

आरोपितले विसं २०६२ असोज १७ गते गो*ली हानी ह*त्या गरेको आरोपमा इलाका प्र*हरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्या*नको उजुरी दर्ता गरेको थियो । घ*टनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए ।

प्र*हरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट प*क्राउ गरिएको हो । प*क्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्र*हरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया