श्रीमतीको ह*त्या गर्ने श्रीमान प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २९ फागुन : नेपाल प्र*हरीले श्रीमतीको ह*त्या गरेको आरोपमा एक जनालाई प*क्राउ गरेको छ । महानगरीय प्र*हरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको ह*त्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई प*क्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्त कीर्तिपुरका प्रमुख प्र*हरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कु*टपिट गरेर ह*त्या गर्ने नवीनलाई प*क्राउ गरिएको जानकारी दिनुभयो । “श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कु*टपिट गरी ह*त्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त श*व भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्र*हरीले फेला पारेको थियो”, उहाँले भन्नुभयो ।

मृ*तक पुष्पाको मुख र टाउकोमा चो*ट लागेको थियो । प*क्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया