अर्घाखाँची छत्रदेव गाउँपालिकामा मास्क उत्पादन

अस्मिता बेल्बासे

अर्घाखाँची, ३० फागुन : जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन गरेको छ ।

बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको स’ङ्’क्र’मण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको छ ।

कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैँ उत्पादनमा ध्यान दिएको हो । छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको स’ङ्’क्र’मण फैलिएको छ ।

नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, भने सो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।

पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको हो । बजार मूल्यभन्दा सस्तो मास्क उत्पादन गरेर वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया