सुनको मूल्य : एकैदिन तोलामा तीन हजार घट्यो

admin

काठमाडौं, ३० फागुन : शुक्रबार सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया