देशका केही ठाउँमा हुरीबतास सहित वर्षा

admin

काठमाडौं, ३० फागुन : पश्चिमी वायुको असरले देशभरिकै मौसम बदली भइ मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार केही ठाउँमा असिना र उच्च हिमाली भेगमा हिउँ पनि परेको छ । यो प्रणाली पूर्व सरिरहेकाले बेलुकीसम्ममा पूर्वमा पनि चट्याङ, हावाहुरी र असिना पानी पर्ने उनको अनुमान छ ।

अहिले मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको छ । शुक्रबार दिनभरि नै पानी पर्दै रोकिने मौसमविद् मानन्धरले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया