कोरोनाबारे बुझ्न चाहानुहुन्छ भने १११५ मा फोन गर्नुस् !

admin

काठमाडौं, ३० फागुन : कोरोना भाइरस (कोभिड-१५) बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।

प्रतिक्रिया