मदिरा सेवनबाट एकै गाउँका ६ जनाको ज्यान गयो

admin

धनुषा, ३० फागुन : धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल र परवाहाका गिरिजानन्द झा रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको ज्यान गएको बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ ।

घटनाको अनुसन्धानमा उनीहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया