अष्ट्रेलियाका गृहमन्त्री र क्यानाडाली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना स’ङ्’क्र’मण

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३० फागुन : अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको स’ङ्’क्र’मण देखिएको जनाइएको छ ।



उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराएका र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहेका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गरेको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

क्यानाडाली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना स’ङ्’क्र’मण
यसैबीच शुक्रबार बिहान प्राप्त भएको अर्को एक समाचारमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको स’ङ्’क्र’मण देखा परेको छ ।

बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस सकारात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।

उक्त विज्ञप्तिमा यहाँका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको र श्रीमती सोफी ग्रेगोइयर ट्रूडोको स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा यहाँका नागरिकलाई आश्वासन दिँदै क्यानाडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको सामान्य स’ङ्’क्र’मण देखिएको र उपचार सुरु भएको बताइएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको भने स्वास्थ्य राम्रो भएको र उनमा कुनै लक्षणहरू नदेखिएको उक्त विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री श्रीमती डाक्टरको सल्लाहअनुसार उनीहरु दुई हप्तासम्म एक्लै बस्ने जनाइएको छ ।

क्यानाडामा पछि पछिल्ला दिनमा यो स’ङ्’क्र’मणको असर देखिएको छ । यहाँका विभिन्न ६ ओटा राज्यमा १५० जनामा यो स ङ् क्र मण देखिएको छ ।  यहाँ अहिलेसम्म एकजनाको ज्यान गएको क्यानाडाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार यो स’ङ्’क्र’मणको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालिसकेको छ ।

प्रतिक्रिया