विश्वभरी करिब १ लाख ३५ हजारमा कोरोना भाइरसको स’ङ्’क्र’मण

admin

काठमाडौं, ३० फागुन : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको स’ङ्’क्र’मणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा स’ङ्’क्र’मण भएको छ ।

यसबाट ४ हजार ९८४ जनाको ज्यान थएको छ । कूल स’ङ्’क्र’मित मध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस स’ङ्’क्र’मणबाट चीनमा सब भन्दा बढी ज्यान जाने र स’ङ्’क्र’मितको संख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको स’ङ्’क्र’मण कम भएको समाचारमा जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस स’ङ्’क्र’मणबाट चीनमा ३ हजार १२७ ज्यान गएको छ भने ८१ हजारमा स’ङ्’क्र’मण भएको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ ।

हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको स’ङ्’क्र’मण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको स’ङ्’क्र’मणबाट ४१ को ज्यान गएको छ । फ्रान्समा ६१ को ज्यान गएको छ । जापानमा १९ को ज्यान गएको छ ।

पछिल्लो समय स’ङ्’क्र’मण धेरै फैलिएको इटालीमा स’ङ्’क्र’मितको संख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको ज्यान गएको छ । इरानमा स’ङ्’क्र’मितको संख्या १० हजार ७५ पुगेको छ ।

हालसम्म ४२९ जनाको ज्यान गएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा स’ङ्’क्र’मित हुनेको संख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको ज्यान गएको छ ।

पोल्याण्ड र अल्जेरियामा पहिलो एक-एकजनाको ज्यान गएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको ज्यान गएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल स’ङ्’क्र’मितको संख्या ४६ पुगेको छ ।

अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट स’ङ्’क्र’मितको संख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।

सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौ व्यक्तिमा स’ङ्’क्र’मण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको स’ङ्’क्र’मणबाट विरामी हुनेको संख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया