वन माहुरीको टोकाइबाट छ जना घा*इते

राष्ट्रिय समाचार समिति

जलेश्वर, ३० फागुन: महोत्तरीमा वन माहुरीको टोकाइबाट छ जना घा*इते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू घा*इते भएका हुन् ।

घा*इते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेका छन् ।

जीउभरि सयौँको सङ्ख्यामा वन माहुरीले टोकेर घाइते बनाएका सबै जनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

प्रतिक्रिया