आफैँले चलाएको ब*न्दुक लागेर शाही घा*इते

राष्ट्रिय समाचार समिति

दुल्लु, ३० फागुन : दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफँैले चलाएको ब*न्दुक लागेर घा*इते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही ब*न्दुक पड्काउँदा घा*इते भएका हुन् ।

शाहीको खुट्टा र हातमा गो*ली लागेको जिल्ला प्र*हरी कार्यालय दैलेखका निमित्त प्र*हरी प्रमुख नैनबहादुर सावदले बताउनुभयो ।

स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पु¥याएका थिए । थप उपचारका लागि उहाँलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ ।

प्रतिक्रिया